कोरोनाबाट स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख देवको गएराति विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको युनियनले जनाएको छ ।

देवले ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए । नेपाल स्वास्थ्यकर्मी युनियनले देवको निधनमा दु:ख व्यक्त गर्दै कुशल युनियनकर्मी गुमाएको जनाएको छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार