पछिल्लो २४ घण्टामा देशभर थप २,५६९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ । १० हजार ८१ जनाको पीसीआर भएकोमा २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार