बागलुङमा १९ जना कोरोना संक्रमित थपिए , एकको मृत्यु

बागलुङ । बागलुङमा एकै दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

शुक्रबार थपिएका संक्रमित मध्य बसैभन्दा धेरै बागलुङ नगरपालिकाका रहेका छन् । बागलुङ नगरपालिकाका १६ जना, काठेखोला २ जना र ताराखोला गाउँपालिका १ रहेका छन् ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १९ पुगेको छ भने हाल १ सय २२ जना आइशोलेसनमा रहेको पोकल पर्सन घिमिरेले बताए । ५ सय ८९ जना निको भएर घर फिर्कसकेका छन् भने संक्रमणबाट आठ जनाको मृत्यु बताइएको छ । बागलुङ पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार