श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ

धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ।

परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ। आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ। घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ। रासस/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार