सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देवानलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरी कैद भुक्तानीको लागि जिल्ला अदालत गौरमा पठाइएको डिएसपी रवि रावलले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार