२३ वर्षपछि सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले ध्रुव भनिने मानकाजी श्रेष्ठलाई पक्राउ गरेको हो। व्युरोले मंगलबार साँझ उनलाई ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

श्रेष्ठले २०५४ साल कात्तिक १६ गते काठमाडौं महानगर ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिकै आफ्ना सहकर्मीको हत्या गरेका थिए। काभ्रे पनौती घर बताउने १८ वर्षीय श्याम खड्काको हत्या गरी उनी फरार भएका थिए। हत्यापछि फरार रहेका मानकाजी श्रेष्ठविरूद्ध काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेन्ट समेत जारी भएको थियो। व्युरोले उनलाई पक्राउ गरी कारबाहीको लागि बुधबार अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार