![](https://myagdinews.com/wp-content/uploads/2020/11/119897988_3555579474487836_4990863788081744945_n.jpg)
बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको । सांसद केसीले मंगलबार राती सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/11/123291951_3332001026849844_8274300661213337999_n.jpg)
उहाँले पछिल्लो ५ दिन देखी यता सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताउनुभएको छ । पछिल्लो समय आफुसंग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन म्याग्दी निर्वाचन क्षेत्र नं.क का सांसद सांसद केसीले आग्रह गर्नुभएको छ । यस अघि नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिव श्रेष्ठले फेसबुक मार्फत जानकारी दिनुभएको थियो ।