पछिल्लो २४ घण्टामा देशभर थप २,७३६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार