९४ थान मोबाइल बरामद

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौँ चन्द्रागिरि–२ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ । प्रहरी निरीक्षक हेमन्त विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई चरणमा गरेर छुट्टाछुटै चेकजाँचको क्रममा ९४ थान मोबाइल बरामद गरेको हो ।

चितवनबाट काठमाडौँ आएको बा ३ ख ३१०६ नम्बरको यात्रुबाहक हाइस रोकी खानतलासी गर्ने क्रममा उक्त बसको छतमा कार्टुन बाकसभित्र बिल नभएको अवस्थामा ५६ थान मोबाइल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

पहिलो चरणमा ८ ए डियुल मोबाइल ६ वटा, रेडमी २३ वटा, सामसुङ नोट ४ वटा, रियल मी २२ वटा र नार्जौ १ वटा गरी कुल ५६ वटा मोवाइल बरामद गरिएको श्रेष्ठले बताए ।

उक्त बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको थानकोट प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी टोलीले ना ५ ख २२८७ नम्बरको नेपालगञ्जबाट काठमाडौँतर्फ आउने यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याउँदै गरेको विभिन्न कम्पनीका ३८ थान मोबाइल बिना बिल तथा कागजात फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–३ बस्ने बर्ष २८ को आशिक श्रेष्ठले खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ स्वयम्भुबाट नियन्त्रणमा लिइएको श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीकाअनुसार भिवो मोबाइल ७ थान, ओपो मोबाइल ६ थान, रेडमी मोबाइल १७ थान, सामसुङ मोबाइल ५ थान, वान प्लस १ थान, मोटरवला १ थान, इनफिक्स मोवाइल १ थान रहेको छ ।

बरामदी मोबाइलको बजार मूल्य अन्दाजी ३ लाख ५० हजार रहेको छ । बरामद मोबाइल तथा पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय सानोगौचर, काठमाडौँ पठाइएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार