कोरोनाबाट बाँकेको ३२ वर्षीया महिलाको मृत्यु

बाँके । कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कौशिलानगरकी ३२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको हिजो कोरोना पुष्टि भएको र गएराति १२:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

एन्टिबायोटिक, अक्सिजन, सिप्याप लगाएतका सबै प्रकारको आवश्यक सपोर्टिभ बिधिबाट उपचार गर्दादर्दै गएराती १२स्१५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ती महिलामा पहिले कुनै पनि दीर्घ रोग नभएको परिवारका सदस्यले बताएका छन् । कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या बाँकेमा ३६ पुगेको छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार