सिराहामा लागुऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम । सिराहा प्रहरीले बुधबार राति लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स७प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ बस्ने २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव छन् । उनीहरुको साथबाट सय एमएलको डाइलेक्स-डिसी ५० बोतल र नाइट्रोभेट ट्याब्लेट ६ सय थान फेला परेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार