पछिल्लो २४ घण्टामा देशभर थप १,९१३ जनामा कोरोना संक्रमण : २३४९ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १,९१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार