कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु

बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो ।

उपचारका क्रममा विहिवार उनको ज्यान गएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।उहाँका अनुुसार उपचारकै क्रममा महिलाको पिसिआर परिक्षणका लागि स्वाव लिएकोमा मृत्यु पछि उनमा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार