अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला

राजविराज । अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला परेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिकामा फालिएको अवस्थामा शिशु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको जनाएको छ । स्वास्थ्य चौकीका प्रमुख एयुब राइनले २४ घन्टाभित्रैको छोरा फेला परेको बताएका छन् ।

नवजात शिशुलाई स्वास्थ्य परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ । घटनाको अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार