दुई लाख नगदसहित ९ जना जुवाडे पक्राउ

उदयपुर । उदयपुरमा दुई लाखभन्दा बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले त्रियुगा नगरपालिका १० करमगाछीबाट गएराति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार करमगाछि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का वर्ष ४०र४० का मन्दिप राई, राजनकुमार राउत, त्रियुगा नपा १० का वर्ष २० का ईश्वर खड्का, त्रियुगा नपा १२ का वर्ष ४५ का बलबहादुर कार्की, त्रियुगा नपा १ का वर्ष ४० का नबिन राई, त्रियुगा नपा ८ का वर्ष ४२ का पुरुषोत्तम कार्की, त्रियुगा नपा ११ वर्ष ४१ का मेखबहादुर राई, त्रियुगा नपा ३ का वर्ष २९ का सुनिल चौधरी रहेका छन् ।

स्रोतकाअनुसार पक्राउ पर्नेमा विभिन्न राजनीतिक दलका नेतादेखि जिल्लाका प्रतिष्ठित व्यापारीहरु रहेका छन् । पक्राउ पर्नेहरुको साथबाट तास १ बुक, मोबाईल १७ थान, कौडा १९ वटा, मोटसाइलको ६ थान चाबी, सुनको सिक्री २ थान, सुनको औंठी ३ थान , कृषि विकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद २ दुई लाख ४७ हजार एकसय ७ बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार