कुलेश्वरबाट मिटरब्याजी नाइकेसहित ७ जना जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले कुलेश्वर घर भई बस्ने ४४ वर्षीय शिव श्रेष्ठको आफ्नै घर कोठामा जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट २ लाख ३८ हजार ८५० रुपैयाँ बरामद भएको जानकारी दिए

डस्तै डीएसपी बोहोराका अनुसार सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा १४ कुलेश्वर बस्ने बर्ष ४४ को शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भई कुलेश्वर बस्ने बर्ष ४४ को यादव चौलागाई, धादिङ्ग थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर–१३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ को राजीव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका ४४ वर्षीय केशव प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने बर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका–३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।

श्रेष्ठ आफैले जुवा खेलाउने र मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनीले चेक लिएर जुवामा लगानी गरिरहेका प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार