सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति बरहथवा नगरपालिका(२ पन्चेमन्दिरमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो।

कुशुवर बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार थिए। पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुँदा ठेकेदार सुरेश कार्कीको ट्याक्टरको टेलरले बाटो छेकेर राखेका थिए।

त्यही क्रममा हजरियाबाट बरहथवातर्फ जाँदै गरेका कुशुवर उक्त टेलरमा ठोक्किन पुगेका थिए। दुर्घटनापछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि एड्भान्स सञ्जीवनी अस्पताल बरहथवामा लगिएको थियो। पछि कुशुवरको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार