ड्रग्स केसमा भारती सिंहपछि उनका श्रीमान् हर्ष पनि पक्राउ

काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ । एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् ।

भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन, एनसीबी अधिकारीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।

स्मरण रहोस्, घरमा गाँजा भेटिएपछि भारती र हर्षलाई समन पठाएर एनसीबी कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो । शनिबार बेलुका सोधपुछ पछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो । भारती र हर्षका सहयोगीसँग पनि सोधपुछ गरिएको थियो । उनीहरुले गाँजा मगाउने स्रोतबारे पनि एनसीबीले पत्ता लगाइसकेको बताइएको छ ।

भारती सिंहलाई पक्राउ गरेपछि एनसीबीले रातभरी अफिसमा नै राख्यो । त्यहाँ उनीसँग सोधपुछ चल्यो । भारतीकी आमालाई छोरीलाई राती नै भेट्न पुगिन् तर भेट्ने अनुमति दिइएन । आइतबार भारतीलाई अदालतमा पेश गरिनेछ । अदालतले उनलाई कस्तो निर्णय सुनाउँछ, त्यो भने देख्न बाँकी छ । एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार