कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका क्रममा मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बलका अनुसार ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि २६ कात्तिकमा उनी विराट अस्पताल भर्ना भएका थिए । २७ गते रिपोर्ट पोजेटिभ आएको र उपचारका क्रममा उनको गएराति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।

अवस्था बिग्रीदै गएपछि सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । तेह्रथुमको म्याङ्लुङ् स्थायी ठेगाना भएका बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी र १० पटकसम्म रेम्डिसिभिर औषधि प्रयोग गरेर उपचार गरिएको थियो । उनमा कुनै पनि दीर्घकालीन स्वास्थ्य समस्या थिएन । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार