भारतको कानपुरमा बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, मानिसले गर्न थाले पूजा !

काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको पाठो जन्माएको छ । बाँदरको अनुहार भएको पाठो जन्मिएलगत्तै स्थानीयले उक्त पाठो हनुमानको अवतार भएको भन्दे पूजा गर्न सुरु गरेका छन् ।

जन्मिएलगत्तै मरेको उक्त पाठोलाई भगवानको अवतार मान्दै दर्शन गर्नका लागि सयौँको संख्यामा मानिसहरु जम्मा भएका थिए । तीमध्ये कोही हात जोडेर पाठोलाई नमन गरिरहेका थिए । कोही त्यहाँ पैसा चढाइरहेका थिए । कानपुरको जहाँगिराबादका सीताराम कठेरियाको बाख्राले उक्त पाठो जन्माएको थियो ।

गएराति कठेरियाको बाख्राले अनौठो पाठो जन्माएपछि खबर सबैतिर फैलिएको थियो । त्यसलगत्तै सयौँ मानिस हेर्नका लागि जम्मा भएका थिए । बाँदरको अनुहार भएको बाख्राको पाठोलाई हनुमान अवतार मानेर पूजा गरिएको थियो ।एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार