पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र

म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ ।

गाडी कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न प्रयोग गरिनेछ । महाविरका अनुसार गाडीको काम सकिएपछि भने केन्द्रलाई फिर्ता गर्नु पर्नेछ । अध्यक्ष डाक्टर महाविरले आफ्नो फेसबुक पेज मार्फत अन्य प्रदेशलाई पनि गाडी आवश्यक परे सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

‘यस्ता पुराना गाडीहरु हजारौँको संख्यामा नेपाल भरि नै छन, तिनीहरुलाई मर्मत सम्भार गरेर अथवा ब्याट्रीद्वारा चल्ने गाडीमा परिणत गरेर पनि अझ धेरै समय सम्म प्रयोग गर्न सकिन्छ भन्ने कुराको जानकारी सबै नेपालीहरुलाई गराउँदछु ।’

जनस्वास्थ्य सरोकार ट्रष्टद्वारा सञ्चालित काठमाण्डौ मोडेल अस्पताल र किर्तिपुर अस्पतालले एम्बुलेन्सको रुपमा चलाएको पूरानो गाडी आफुहरुलाई दिईएपछि मर्मत गरि पुनः सञ्चालनमा ल्याईएकोे पुनले उल्लेख गर्नु भएको छ । गाडी मर्मत गर्न २ लाख रुपैयाँ खर्च भएको बताईएको छ ।

गाडीमा स्वाब संकलन गर्ने सिस्टम जोडिएका छ । त्यसमा हावाको चाप बाहिरको भन्दा बढि हुने गरेर मिलाईएकोले कोरोनाको भाईरस सर्ने मौका एकदमै कम हुने पुनले उल्लेख गर्नु भएको छ ।पुनले नेपालमा रहेका पुराना हजारौँ गाडीलाई मर्मत गरि चलाउन सकिने समेत बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार