प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ‘ह्याक’

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्रीका रूपमा र व्यक्तिगत गरी दुवै नाममा रहेका फेसबुक पेज शुक्रबार बिहान ह्याक गरिएको हो ।

मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्याक गरिएको छ ।

शुक्रबार बिहान करिब साढे ९ बजेतिर मुख्यमन्त्री राउत र उनीसँग सम्बद्ध अन्य चारवटा फेसबुक पेज ह्याक भएको मिश्राले जानकारी दिए । ‘फेसबुक ह्याक भएको दुई मिनेटमै हामीले थाह पायौं,’ उनले इकान्तिपुरसँग भने, ‘ह्याकरले फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गरेर कुनै युवतीको फोटो पोस्ट गरेका छन् ।’

मुख्यमन्त्रीको सचिवालयले फेसबुक ह्याक भएको बारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई जानकारी गराइसकेको छ । मुख्यमन्त्री राउतको फेसबुक धरानबाट ह्याक भएको देखिएको प्रेस सल्लाहकार मिश्रले बताए ।

मुख्यमन्त्रीसहित आफ्नो पनि फेसबुक पेज ह्याक भएकाले त्यहाँबाट सम्प्रेषित हुने कुनै पनि स्ट्याटसलाई आधिकारिक नमानिदिन उनले आग्रह पनि गरेका छन् । मिश्राका अनुसार ह्याकरले मुख्यमन्त्री राउतको ‘सीएम लालबाबु राउत’ पेजमा रहेका पुराना सबै ‘लिंक’ हटाइदिएका छन् । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार