बाँकेमा थप दुई संक्रमित पुरुषको मृत्यु

दाङ । बाँकेमा कोरोना संक्रमित थप दुई जना पुरुषको मृत्यु भएको छ।बर्दियाका ७२ वर्षीय पुरुष र कञ्चनपुरका ७३ वर्षीय पुरुषको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले सेतोपाटीलाई बताए।

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमबार बिहान १:११ बजे मृत्यु भएको छ। पिसिआर परीक्षणका क्रममा उनलाई मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म बर्दियाका १५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

त्यस्तै, कञ्चुरको शुक्लाफाँटा – ४ का ७३ वर्षीय पुरुषको सोमबार विहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ।

उनको उपचारको क्रममा बिहान १:४५ बजे मृत्यु भएको थियो। सेती अस्पतालमा स्वाब परीक्षणका क्रममा उनलाई मंसिर १३ गते संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर १५ गते कोहलपुरमा भर्ना गरिएको थियो।

योसँगै बाहिर जिल्लाबाट बाँकेमा उपचारका लागि लगिएका ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै बाँके जिल्लाका थप ३९ जनाको मृत्यु भएको छ।

बाँकेमा उपचारका क्रममा हालसम्म १ सय ३ जनाको मृत्यु भइसकेको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले सेतोपाटीलाई बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार