गायक जगतमर्दन थापाको निधन

काठमाडौं । गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार