मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आव वर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ।

महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान संचालन गरिरहेको छ। महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको छ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएकाछौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यकाबाहिरका ग्रामीण बस्तीहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सूचना संकलन गर्ने काम समेत भैरहेको बताए।

आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने वर्ष २५ का सुजन तामाङ्गलाई वास्तबिक नम्बर प्र३-०२-००१प९०४१ भइ प्र३-०२-००३प६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सरसहित पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाएको छ। उक्त मोटरसाईकल काठमाडौंस्थित सेतोपुलदेखि दश दिनअघि मात्र हराएको थियो।

बिशेषगरि काठमाडौंका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ। सवारी धनीहरुले अतिरिक्त लक एव सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिन्छ।

मोटरसाईकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिवर्तन तथा सरसामान पार्टपुर्जा फेरेर नचिनिने गरि चलाउने गरेको पाइन्छ। त्यस्ता मोटरसाइकलहरुलाई बिशेष संकेतको आधारमा पहिचान गरि पक्राउ गरिने गरेको महाशाखाले बताएको छ।

प्रहरी निरीक्षक जितेश दाहालले भने, हामीले पक्राउ गर्दा कतिपय अवस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाईकल चोरीको हो भन्ने समेत थाहा हुदैन, धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केहि पैसा दिने गरेको भेटिन्छ।

अधिकांश चोरी भएका मोटरसाईकलहरुको वास्तबिक नम्बर परिवर्तन गरेको पाईन्छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुनेगरेको भएको दाहालले बताए।

केहि दिनअघि मात्रै नुवाकोटका दिनेश तामाङ्ग र राजाराम तामाङ्गलाई चोरीको मोटरसाईकलसहित टोखाबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी बृत्त कालीमाटी पठाइएको छ भनेयहि असोज १६ गते नयाँबजारबाट हराएको बा९५प ४८४ नं को २२० सिसिको कालो रातो पल्सरसहित काभ्रेका सन्त लामा र समिर लामालाई कालीमाटीबाट पक्राउ गरि बृत्त सोह्रखुट्टेमा आबश्यक कारबाहीको लागी पठाइएको महाशाखाले जानकारी दिएको छ।

सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत महाशाखाले अनुरोध गरेको छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार