सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले एक जना पक्राउ गरेको छ । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार