काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले विपन्न विद्यार्थीको शिक्षामा सहयोग गरेको छ । जगदम्बा योगदान अन्तर्गत रहेर कम्पनीले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो ।
यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो । जगदम्बा सिमेन्टले विभिन्न उपभोक्तामुखी सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ । यसैक्रममा जगदम्बा सचेतना अभियान, जगदम्बा विशेष, जगदम्बा जागरण, जगदम्बा आरोहण पनि गरेको छ ।
जगदम्बा सिमेन्टका चिफ फाइनान्स तथा पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका थिए । कम्पनीका बरिष्ठ व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता ब्यक्त गरे । रातोपाटीबाट साभार