पाल्पामा एक युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक पक्राउ

पाल्पा । पाल्पामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले इलाका प्रहरी कार्यालय रामपुरको जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार