बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ

काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार