कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ

काठमाडौं । कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सन्दीप लिम्बु, पूर्ण राई र देवेन्द्र राई छन् ।

कमसल सुन धितो राखी अत्याधिक मूल्याङ्कन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुन जाँचकीको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

बैंकको केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । कर्जा लिएको बेलाभन्दा सुनको भाउ ४० प्रतिशत बृद्धी हुँदा पनि धितोबाट कर्जा उठ्ने अवस्था नभएपछि घटना प्रहरीमा पुगेको हो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार