मास्कमा लुकाई राखेको अवस्थामा २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ

कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

पैदल हिँडिरहेको अवस्थामा देखि निजलाई सोधपुछको लागि रोक्न खोज्दा शंकास्पद रुपमा खड्का भाग्न खोजेका थिए। खड्कालाई सोधपुछ गरी शरीर खानतलासी गर्दा मुखमा लगाउने कालो रंगको फाईवर मास्कभित्र सेतो प्लाष्टिकमा धागोले बाधेर लुकाई राखेको अवस्थामा खैरो हेरोइन भेटिएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रैम रेग्मीले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार