देशभर थप ८३० जनामा कोरोना संक्रमण , ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार