चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गएराति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए ।

भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सेना र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेका हुन् ।

पक्राउ परेकाहरु विरुद्ध बन्यजन्तु चोरी शिकारी अभियोग अन्तर्गत कानुनी कारबाही अगाडी बढाइएको निकुञ्जले जानकारी दिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार