कटुवा पेस्तोलसहित एक युवक पक्राउ

रौतहट । रौतहट प्रहरीले एकजना युवकलाई अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका–४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नं–५ झाँजपुलमा चेकजाँच गर्ने क्रममा नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोलका साथै त्यसमा लाग्ने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो ।

यस घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए । दुईदिन अघिमात्र कटहरिया नगरपालिका १ बगहिमा एकजना युवक पनि कटुवा पेस्तोलसहित पक्राउ परेका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार