दरबारमार्गस्थित लाउन्जमा जुवा खेल्ने दुई महिलासहित ८ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित ८ जनालाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् ।

जुवाखालबाट ५ लाख १८ हजार बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । उनिहरुलाई जुवा मुद्दामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार