फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौं । फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक पुरूष पक्राउ परेका छन्। बिहीबार प्रहरीले काठमाडौं महानगरपालिका-५ हाडीगाउँका ३३ वर्षीय अभिनासकुमार प्रधानलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। उनका अनुसार प्रधानले २०७२ साल पुस २४ गते ललितपुरस्थित जावलाखेल बस्ने महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरी परेको थियो।

फेसबुकमा महिलाको चरित्र हत्या हुने गरी लेखेको भन्दै २०७३ असार २० गते काठमाडौं जिल्ला अदालतले सजाय फैसला गरेको थियो। अदालतले ५० हजार जरिवाना र ४ महिना कैद सजाय तोकेको डिएसपी विष्टले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार