संसद् विघटनमा ३३ प्रवासी नेपाली मञ्चको समर्थन

क्यालिफोर्निया । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधि सभा विघटनप्रति समर्थन जनाएका छन् ।

विभिन्न मुलुकको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधि सभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित प्रवासी नेपाली मञ्च अमेरिकालगायत विभिन्न राष्ट्रका ३३ मञ्चको समर्थन छ ।

मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकाले ताजा जनादेश लिनका लागि हुने आमनिर्वाचनमा सहभागी हुन नेपाली जनसमुदायमा आग्रह गरिएको बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार