मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ नम्बरको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यस्तै काठमाडौंको कपनबाट मोटरसाइकल हराएको भनि अभिषेक ढकालले गत असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकलसहित अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको जनाइएको छ ।

मोटरसाइकल खोजीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा प्रहरी टोली खटिएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार