नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए ।

यसैबीच यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका छन् ।विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार