नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ टोली काठमाडौंमा

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आइतबार काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएको हो ।

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका हुन् । उक्त टोली बेइजिङबाट छङ्तु हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएका हुन् ।

वेइजिङस्थित उच्च कूटनीतिक स्रोत र नेपालस्थित नेकपा स्रोत अनुसार चिनियाँ टोली चार दिन नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने छन् ।

नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा पटक–पटक विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा ‘घरदैलो’ कार्यक्रम गर्दै मिलेर जान आग्रह गरिरहेकी छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे हालसम्म नबोलेको चीनले राजदूत होउलाई नेकपाका नेताहरुलाई भेट्न पठाएर अझै मिलेर जानको लागि आग्रह गर्दै आइरहेकी छन् । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार