भारतमा अलपत्र सुर्खेत घर बताउने बालक चिन्ने सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुरोध

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत एयरपोर्ट बुलबुले नजिक घर बताउने रमेश नामका बालकलाई “एक्सप्रेस मानव बेचबिखन विरुद्धको अभियान” पश्चिम बंगाल सिक्किमले फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“अलपत्र अवस्थामा फेला पारी बालकलाई भारत सोनिपुरको सेल्टरमा रहेको भनी मानब बेचबिखन अभियान पश्चिम बंगाल सिक्कीमका राजु डुवर्सले जानकारी दिएको छन्”, प्रहरी उपरीक्षक भट्टले भने, “डुवर्सले बालक रमेशको फोटोसहितको विवरण पठाएको हुँदा निज बालकलाई चिन्ने उनका अभिभावक आफन्तजनलाई यस कार्यालयको सम्पर्कमा आउन अनुरोध गरेका छौँ ।”

उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयबाटै जिप्रका सुर्खेतलाई सूचनाका लागि निर्देशन आएको र ती बालकलाई पश्चिम बंगाल सिक्किमबाट नेपाल ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभिभावक तथा आफन्तजनहरुको सहजताका लागि कार्यालयको ९८५८०५३१९९ वा १०० नम्बरमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ । नागरिक खबबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार