झापामा खैरो हेरोईनसहित दुई पक्राउ

काठमाडौं । झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्रेको छ । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा सवार सुरज र अंकितलाई मेची क्राउन होटल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार