एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तिन जना पक्राउ

काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौंको कालिकास्थान बस्ने बागलुङ गलकोट– ७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार