एम्बुलेन्स र अटो एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु, तीन घाइते

दमक । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीकाअनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करिब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार