सहकारीको कलेक्टरमाथी लुटपाट , लुटपाटमा संलग्न २ जना पक्राउ

काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो ।

पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर । सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र प्रहरी वृत गौशालाको टोलीले लुटपाटमा संलग्न २ जनालाई पक्रेको छ । लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताएका छन् ।

पक्राउ पर्नेमा महाराजगञ्ज बस्ने २७ वर्षीय अमित तुलाधर र नरदेवी बस्ने १८ वर्षीय रोहित शाही छन् । अमित र रोहित सहितको समुह काठमाडौँमा लुटपाट र चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई डाँका र ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार