व्यवसायीद्वारा गत्लाङका आगलागी पीडितलाई ४८ हजार सहयोग

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङका आगलागी पीडितलाई व्यवसायीले ४८ हजार रुपैयाँ रकम सहयोग गरेका छन्। बुधबार बिहान आगलागी हुँदा युङडुङ तामाङ र बमबहादुर तामाङको दुईवटा घर जलेर नष्ट भएको थियो।

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा आवद्ध भएका व्यवसायीले रकम सहयोग गरेका हुन्। दोस्रो साधारण सभा तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर, चुनौति र समाधानको उपाय विषयक कार्यक्रम गर्न गत्लाङ पुगेका व्यवसायीले रकम सहयोग गरेका रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले बताए।

स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भएपनि घरमा भएका सामग्री जोगाउन सकिएन। नजिकै पानी नभएको र काठको घर भएकाले आगो निभाउन कठिन भएको हो। बिहानको समयमा पानी जम्ने समस्याका कारण पानी पुर्‍याउन पनि कठिन भएको थियो। आगोले लाखौं क्षति भएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार