सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्। एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।

गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले डिआइजी बढुवाको सिफारिस गरेको हो। सशस्त्र प्रहरीमा साधारण उपसमूहतर्फ छ जनाको दरबन्दी रिक्त थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार