बैतडीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु , दुई घाइते

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् ।

सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका-५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार