देशभर थपिए ४०३ कोरोना संक्रमित , ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार