काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताए।
गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए।सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
कलाकारहरूले कपी राइट सम्बन्धमा जाहेरी दिनुभएको थियो। त्यसैआधारमा हामीले पक्राउ अनुमति लिएर ल्याएका हौं,उनले भने।उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार


























